विदेशमा अलपत्र ४६ हजार नेपालीको उद्धार विदेशमा अलपत्र ४६ हजार नेपालीको उद्धार
बिर्तामोड–सरकारले विदेशमा अलपत्र अवस्थामा रहेका ४६ हजार भन्दाबढी नेपालीको उद्धार गरेको छ । कोरोना भाइरसको महामारीका कारण रोजगारी गुमाएपछि संकटमा परेका नेपालीलाई सरकारले विभिन्न... विदेशमा अलपत्र ४६ हजार नेपालीको उद्धार

बिर्तामोड–सरकारले विदेशमा अलपत्र अवस्थामा रहेका ४६ हजार भन्दाबढी नेपालीको उद्धार गरेको छ । कोरोना भाइरसको महामारीका कारण रोजगारी गुमाएपछि संकटमा परेका नेपालीलाई सरकारले विभिन्न देशबाट उद्धार गरी स्वदेश फर्काएको हो ।

सरकारको कोभिड १९ विपद व्यवस्थापन केन्द्र सीसीएमसीले अलपत्र अवस्थाका नेपालीलाई स्वदेश फर्काउने कार्य जारी रहेको जनाएको छ । केन्द्रको अग्रसरतामा शुक्रवार चार देशबाट एक हजारभन्दा बढी नेपालीको उद्धार गरिएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र हुँदै जाँदा रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका नेपाली अलपत्र अवस्थामा छन् । उनीहरूको उद्धारका लागि सरकारले अधिकतम प्रयत्न गर्दै आएको छ ।

केन्द्रका अनुसार साउदी अरब, युएई, मलेसिया र अष्ट्रेलियाबाट १०१३ जना नेपाली स्वदेश फर्किएका हुन् । यसअघि बिहीवारसम्म ४४ हजार ७९९ जना नेपाली स्वदेश फर्किएका थिए ।