हात्तीको आक्रमणबाट रेग्मीको मृत्यु हात्तीको आक्रमणबाट रेग्मीको मृत्यु
बिर्तामोड- झापाको कमल गाउँपालिका-५  टुक्रे नयाँ बस्तीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । गएराति आएका दुईवटा हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा ५८ वर्षीय... हात्तीको आक्रमणबाट रेग्मीको मृत्यु

बिर्तामोड- झापाको कमल गाउँपालिका-५  टुक्रे नयाँ बस्तीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । गएराति आएका दुईवटा हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको हो ।

हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउन रेग्मी भागेका थिए । तर, लखेट्दै लगेर घरभन्दा २० मिटर पर हात्तीले रेग्मीको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले हात्तीको आक्रमणबाट रेग्मीको मृत्यु हुनुका साथै बाँसको टाटी र टीनको छानो भएको उनको घर पूर्णरुपमा क्षति भएको जनकारी दिए ।