कर्मचारीमा कोरोना संक्रमण : धमाधम कार्यालय बन्द कर्मचारीमा कोरोना संक्रमण : धमाधम कार्यालय बन्द
झापा– कोरोना संक्रमण बढ्दै गर्दा सरकारी कार्यालयको सेवा प्रभावित हुन थालेको छ । सर्वोच्च अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मका कर्मचारीमा संक्रमण देखिएको छ ।... कर्मचारीमा कोरोना संक्रमण : धमाधम कार्यालय बन्द

झापा– कोरोना संक्रमण बढ्दै गर्दा सरकारी कार्यालयको सेवा प्रभावित हुन थालेको छ । सर्वोच्च अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मका कर्मचारीमा संक्रमण देखिएको छ ।

जोखिम बढेकाले कतिपय कार्यालय नै बन्द भएका छन् भने कतै सेवा कटौती गरिएको छ । आन्तरिक संक्रमण बढेपछि विज्ञहरूले देशव्यापी लकडाउनमै जान सरकारलाई सुझाब दिएका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले अबको रणनीतिबारे विज्ञसँग छलफल गरेका थिए । बिहीबार मन्त्रिपरिषद् बैठकबाट लकडाउनमा जाने वा अन्य विकल्प अपनाउनेबारे निर्णय लिइने एक मन्त्रीले जानकारी दिए । नयाँ पत्रिकाबाट