कोरोना संक्रमणले एकैदिन ६ जनाको मृत्यु कोरोना संक्रमणले एकैदिन ६ जनाको मृत्यु
बिर्तामोड– कोरोना भाइरस संक्रमणका कारण नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । बुधबार मोरङ र पर्सामा दुई /दुई जना तथा सप्तरी र काठमाडौंमा... कोरोना संक्रमणले एकैदिन ६ जनाको मृत्यु

बिर्तामोड– कोरोना भाइरस संक्रमणका कारण नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । बुधबार मोरङ र पर्सामा दुई /दुई जना तथा सप्तरी र काठमाडौंमा एक/एक जनाको मृत्यु भएको हो ।

पर्सामा ४६ वर्षीय पुरुष र १८ वर्षीया युवतीको मृत्यु भएको छ । मोरङमा कोशी अस्पताल बिराटनगरमा दुई जना पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण काठमाडौंमा ६५ वर्षीय महिलाले ज्यान गुमाएकी छन् । सप्तरीमा ४५ वर्षीय पुरुषले कोरोना संक्रमणका कारण ज्यान गुमाएका  हुन् ।