मोरङमा आठ दिनभित्र चारजना कोरोना संक्रमितको मृत्यु मोरङमा आठ दिनभित्र चारजना कोरोना संक्रमितको मृत्यु
मोरङ- कोरोना भाइरसको संक्रमणका कारण मोरङमा ८ दिनभित्र चारजनाको मृत्य भएको छ । पहिलो पटक गत बुधवार मोरङको सुनवर्षि नगरपालिका-८ का ४५ वर्षीय पुरुषको मृत्यु... मोरङमा आठ दिनभित्र चारजना कोरोना संक्रमितको मृत्यु

मोरङ- कोरोना भाइरसको संक्रमणका कारण मोरङमा ८ दिनभित्र चारजनाको मृत्य भएको छ । पहिलो पटक गत बुधवार मोरङको सुनवर्षि नगरपालिका-८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

छ दिनपछि विराटनगर-५ का ७७ वर्षीय वृद्धको कोशी अस्पतालमा मृत्यु भयो । बुधबार विराटनगर महानगरपालिका-९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।रंगेली नगरपालिका-८ का ४५ वर्षीय पुरुषले पनि ज्यान गुमाएको कोशी अस्पताल बिराटनगर मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।