कोरोनाले नेपालमा अहिलेसम्म ५४ जनाको मृत्यु कोरोनाले नेपालमा अहिलेसम्म ५४ जनाको मृत्यु
बिर्तामोड– नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार आयोजित नियमित मिडिया ब्रिफिङमा यो जानकारी दिएको हो... कोरोनाले नेपालमा अहिलेसम्म ५४ जनाको मृत्यु

बिर्तामोड– नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार आयोजित नियमित मिडिया ब्रिफिङमा यो जानकारी दिएको हो ।

दुई दिनयता थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनवसी—८ का ४५ वर्षीय पुरुष रहेका छन् । निरन्तर भारत आवजावत गरिरहने ती पुरुषमा ज्वरो र स्वाशप्रश्वासको समस्या देखिएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा बुधवार अपरान्ह उनको ज्यान गएको हो । पर्साको वीरगञ्ज—७ का ७० वर्षीय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनी मुटु र मधुमेह रोगका विरामी थिए । पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ ।