‘कि १०० तिर्नुस्, कि मास्क लगाउनुस्’ ‘कि १०० तिर्नुस्, कि मास्क लगाउनुस्’
बिर्तामोड– कोरोना भाइरस संक्रमणको जोखिम तीव्र भएपछि झापामा स्थानीय प्रशासनले मास्क अनिवार्य लगाउन निर्देशन दिएको छ । बुधवार बसेको बैठकले मास्क अनिवार्य प्रयोग गर्न... ‘कि १०० तिर्नुस्, कि मास्क लगाउनुस्’

बिर्तामोड– कोरोना भाइरस संक्रमणको जोखिम तीव्र भएपछि झापामा स्थानीय प्रशासनले मास्क अनिवार्य लगाउन निर्देशन दिएको छ । बुधवार बसेको बैठकले मास्क अनिवार्य प्रयोग गर्न सर्वसाधारणलाई निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाले हिँडडुल गर्दा मास्क लगाउनु अनिवार्य हुने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजकमुार राईले मास्क विना हिँडेको पाइए १०० रुपैयाँ जरिवाना तिर्नु पर्ने निर्णय भएको बताए ।

कोभिड १९ संक्रमण नियन्त्रण जिल्लास्तरीय समितिको बुधबार बसेको बैठकले झापामा मास्क नलगाई हिँड्नेलाई एकसय रुपैयाँ जरिवाना लिने निर्णय गरेको हो ।

लक डाउन खुलेपछि बजार क्षेत्रमा भीड बढेको छ । सर्वसाधारण मास्कविना हिँडिरहेका छन् । यसले कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले स्वास्थ्य सुरक्षाका लागि मास्क अनिवार्य गरिएको सहायक प्रजिअ राईले जानकारी दिए ।

गृह मन्त्रालयले यसअघि मास्क अनिवार्य गर्न निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको थियो । तर, प्रशासनले लक डाउन खुलेपछि मात्रै निर्णय कार्यान्वयनका लागि अग्रसरता देखाएको हो ।