पछिल्लो २४ घन्टामा १ सय ८६ जनामा कोरोना  संक्रमण पुष्टि पछिल्लो २४ घन्टामा १ सय ८६ जनामा कोरोना  संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा १ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १७ हजार ८... पछिल्लो २४ घन्टामा १ सय ८६ जनामा कोरोना  संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घन्टामा १ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । आज काठमाडौं उपत्यकामा तीन जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २ जना र ललितपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो ।

काठमाडौं उपत्यकामा हालसम्म ३ सय ७३ कोरोना संक्रमित भेटिएका छन्। काठमडौंमा सबैभन्दा धेरै २ सय ४९, ललितपुरमा ७९ र भक्तपुरमा ४७ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म प्रदेश नम्बर १ मा ८ सय ४५, प्रदेश नम्बर २ मा ४ हजार ६ सय २५, बागमती प्रदेशमा ८ सय ५९ र गण्डकी प्रदेश १ हजार ३ सय ९३ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ९१, कर्णाली प्रदेशमा १ हजार ८ सय २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९५ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ११ हजार ८ सय ६८ जना निको भएर घर फर्केका छन । विगत २४ घण्टामा १ सय ७३ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित भएकामध्ये ५ हजार ९ सय ३६ जना विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन । देशभर

क्वारेन्टिनमा रहनेको संख्या २२ हजार २ सय २८ रहेको छ । अहिलेसम्म ३ लाख १९ हजार ८ सय ७२ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घन्टामा ४ हजार २ सय १६ वटा पीसीआर परीक्षण भएको छ । कोरोना संक्रमणवाट अहिलेसम्म चालिस जनाको मृत्यु भएको छ ।