समुदायमा कोरोना परीक्षण गर्ने प्रदेश १ सरकारको तयारी समुदायमा कोरोना परीक्षण गर्ने प्रदेश १ सरकारको तयारी
बिर्तामोड- समुदायमा कोरोना भाइरस फैलिएको आशंका गर्दै प्रदेश सरकारले परीक्षण गर्ने तयारी सुरु गरेको छ । नमुनाका रुपमा समुदायस्तरमा पनि कोरोना परीक्षण गर्ने तयारी... समुदायमा कोरोना परीक्षण गर्ने प्रदेश १ सरकारको तयारी

बिर्तामोड- समुदायमा कोरोना भाइरस फैलिएको आशंका गर्दै प्रदेश सरकारले परीक्षण गर्ने तयारी सुरु गरेको छ । नमुनाका रुपमा समुदायस्तरमा पनि कोरोना परीक्षण गर्ने तयारी प्रदेश सरकारले गरेको हो ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले  अहिलेसम्म कोरोना संक्रमण क्वारेन्टाइनमा मात्रै देखिएकाले समुदायस्तरमा परीक्षण गर्ने तयारी भएको जानकारी दिए ।

क्वारेन्टाइनबाट निको भएर फर्किएकाहरूको परिवार र आसपासका स्थानको छनौट गरेका प्रदेश सरकारले नमुनाका रुपमा समुदायमा परीक्षण कार्य अघि बढाउने तयारी गरिरहेको छ ।

सरकारले पहिलो चरणमा तीनवटै सुरक्षा निकायका १५ सय जनाको परीक्षण गर्ने तयारी गरेको छ । सुरक्षाकर्मी पछि स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण गरिने मन्त्री घिमिरेले जानकारी दिए ।