१० हजार दरबन्दी थप्नुपर्ने सशस्त्र प्रहरीको प्रस्ताव १० हजार दरबन्दी थप्नुपर्ने सशस्त्र प्रहरीको प्रस्ताव
बिर्तामोड – सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी कम्तीमा १० हजार नयाँ दरबन्दी थप्नुपर्ने प्रस्ताव गरेको छ । सरकारले बोर्डर आउटपोस्ट थप्ने योजना अघि सारेसँगै सशस्त्र... १० हजार दरबन्दी थप्नुपर्ने सशस्त्र प्रहरीको प्रस्ताव

बिर्तामोड – सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी कम्तीमा १० हजार नयाँ दरबन्दी थप्नुपर्ने प्रस्ताव गरेको छ । सरकारले बोर्डर आउटपोस्ट थप्ने योजना अघि सारेसँगै सशस्त्र प्रहरीले पनि दरबन्दी थप्नुपर्ने प्रस्ताव अघि सारेको हो ।

सिमाक्षेत्रमा रहेका १३८ बोर्डर आउट पोस्टलाई ५३७ पुर्याउने सरकारको योजना छ । बोर्डर आउट पोस्टको संख्या बढाउँदा जनशक्ति अभाव हुने भएपछि सशस्त्र प्रहरीले थप जनशक्ति माग गरेको हो ।