वार्ता मिलाउन माधव नेपाल सहभागी हुँदै वार्ता मिलाउन माधव नेपाल सहभागी हुँदै
झापा– नेकपामा दुई अध्यक्षबीच सहमति नभइरहेका बेला वरिष्ठ नेता माधव नेपाल बिहीवारको वार्तामा सहभागी हुने भएका छन् । अध्यक्ष प्रचण्डले भोलिको वार्तामा वरिष्ठ नेता नेपाललाई... वार्ता मिलाउन माधव नेपाल सहभागी हुँदै
झापा– नेकपामा दुई अध्यक्षबीच सहमति नभइरहेका बेला वरिष्ठ नेता माधव नेपाल बिहीवारको वार्तामा सहभागी हुने भएका छन् । अध्यक्ष प्रचण्डले भोलिको वार्तामा वरिष्ठ नेता नेपाललाई समेत लिएर आउने जानकारी अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन् ।

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड आ–आफ्नो अडानमा रहँदा बुधवार पनि सहमति हुन सकेन । उनीहरुबीच तीन घण्टा भएको छलफल विना निष्कर्ष टुंगिएको छ ।

साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति कायम गर्ने प्रयास स्वरुप प्रचण्ड बालुवाटार पुगेका थिए । बुधबार भएको छलफलमा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माको पनि सहभागिता थियो ।