प्रहरीको पोशाकमा टिकटक, दुई जना प्रहरी छानविनको घेरामा प्रहरीको पोशाकमा टिकटक, दुई जना प्रहरी छानविनको घेरामा
मोरङ– बर्दी लगाएर टिकटक बनाउने दुई प्रहरी अनुसन्धानको घेरामा तानिएका छन् । पोशाकमा टिकटक बनाएर फेसबुकमा पोस्ट गरेको खुलेपछि उनीहरुमाथि अनुसन्धान सुरु भएको हो... प्रहरीको पोशाकमा टिकटक, दुई जना प्रहरी छानविनको घेरामा

मोरङ– बर्दी लगाएर टिकटक बनाउने दुई प्रहरी अनुसन्धानको घेरामा तानिएका छन् । पोशाकमा टिकटक बनाएर फेसबुकमा पोस्ट गरेको खुलेपछि उनीहरुमाथि अनुसन्धान सुरु भएको हो । इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी हवल्दार रेनुका सोनाम र जवान अशोक राईलाई कार्वाहीको दायरामा तानिएको मोरङ प्रहरीले जनाएको छ ।

दुवै जनाले एउटै टेबुलमा बसेर बनाएको टिकटक सामाजिक सञ्जालमा भाइरल भएको थियो । अनुशासन विपरीत गतिविधि गरेपछि यसलाई चासोपूर्वक लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। टिकटक बनाउने क्रममा उनीहरुले आफ्नो अगाडि टेबुलमा दुईवटा सञ्चार सेट पनि राखेका छन्।