कचनकवलमा ५४ करोडको वजेट पारित कचनकवलमा ५४ करोडको वजेट पारित
भद्रपुर– नेकपा र नेपाली काङ्ग्रेसका जनप्रतिनिधिको तीव्र असन्तुष्टिका बीच झापाको कचनकवल गाउँपालिकाको छैटौं गाउँ सभाले आर्थिक वर्ष २०७७÷७८ का लागि ५३ करोड ८९ लाख... कचनकवलमा ५४ करोडको वजेट पारित

भद्रपुर– नेकपा र नेपाली काङ्ग्रेसका जनप्रतिनिधिको तीव्र असन्तुष्टिका बीच झापाको कचनकवल गाउँपालिकाको छैटौं गाउँ सभाले आर्थिक वर्ष २०७७÷७८ का लागि ५३ करोड ८९ लाख ६० हजार एक सय रूपैयाँको बजेट बहुमतले पारित गरेको छ ।

गाउँपालिकाको असार १० गतेबाट सुरू भएको गाउँ सभाको बुधवारको बन्द सत्रको बहुमतले बजेट पारित गरेको हो । उपाध्यक्ष निमसरी राजवंशीले बजेट सार्वजानिक गरेकी थिइन् । केही वडाध्यक्षले वडाको बजेट कटौती भएको जनाउँदै असन्तुष्टि व्यक्त गरेका छन् ।

गाउँपालिका अध्यक्ष अञ्जार आलमले अघिल्लो वर्ष दीर्घकालिन आयोजना अन्र्तगत भएको १० करोड खर्च वापतको रकम तिर्नुपर्ने बाध्यताले वडाको बजेट कटौती भएको बताए ।

अघिल्लो आर्थिक वर्षमा प्रदेश र तथा संघीय सरकारले दिने भनेको अनुदानको आशामा निर्माण गरिएका आयोजनाका रकम यसवर्ष तिर्नुपर्ने बाध्यता छ ।