अनलाइन कक्षा बन्द गर्ने  निर्णय अनलाइन कक्षा बन्द गर्ने  निर्णय
झापा– सरकारले माग पूरा नगरेको भन्दै निजी विद्यालय सञ्चालकले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका छन् । प्याब्सन र एनप्याब्सनको बुधबार बसेको संयुक्त बैठक यस्तो... अनलाइन कक्षा बन्द गर्ने  निर्णय

झापा– सरकारले माग पूरा नगरेको भन्दै निजी विद्यालय सञ्चालकले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका छन् । प्याब्सन र एनप्याब्सनको बुधबार बसेको संयुक्त बैठक यस्तो निर्णय गरेको हो ।

आफूहरुको माग पुरा गर्नेतर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय गम्भीर नबनेको उनीहरुको आरोप छ । साउन १ गतेदेखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय प्याब्सन र एनप्याब्सनले गरेका छन् ।

बैठकले साउन १ गतेदेखि नै लागु हुने गरी सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई बेतलबी विदा दिने निर्णय पनि गरेको छ । तलव नपाएका कतिपय शिक्षक यसबाट थप रुष्ट भएका छन् । प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुङ्गानाले साउन १ गतेदेखि सम्पूर्ण पढाई बन्द गर्ने अप्रिय निर्णय गर्न बाध्य भएको बताए ।