प्रयोगशाला बनाउन जन्मदिनमा ५० हजार सहयोग प्रयोगशाला बनाउन जन्मदिनमा ५० हजार सहयोग
बिर्तामोड–मानिसको जन्मदिन हरेक बर्ष आउँछ, कसैले आफ्नो जन्मदिन ठूला–ठूला तारे होटलमा भोज गरेर मनाउँछन् त कसैले सामाजिक कार्य गरेर मनाउँछन् । जन्मदिन मनाउने विषय... प्रयोगशाला बनाउन जन्मदिनमा ५० हजार सहयोग

बिर्तामोड–मानिसको जन्मदिन हरेक बर्ष आउँछ, कसैले आफ्नो जन्मदिन ठूला–ठूला तारे होटलमा भोज गरेर मनाउँछन् त कसैले सामाजिक कार्य गरेर मनाउँछन् । जन्मदिन मनाउने विषय आफ्नो इच्छाशक्ति र सोचाईमा भर पर्छ ।

सामाजिक कार्य गरेर आफ्नो जन्मदिन मनाएकी छिन्, झापा बिर्तामोड –१ की शीला ढकालले । जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागि रकम प्रदान गरेर ढकालले आफ्नो जन्मदिन मनाएकी हुन् ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ संस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाइमा प्रयोगशाला स्थापनाको प्रक्रिया अघि बढेको छ ।

समाजिक अभियन्ता समेत रहेकी ढकालले बिर्तामोड–१ स्थित निवासमा ‘एकका लागि एक’ अभियानका सह संयोजक विनोद बस्नेत, अभियानका सदस्यहरु अर्जुन चुडाल र एकराज गिरीलाई ५० हजार एक सय एक रुपैयाँ हस्तान्तरण गरेकी छन् ।

प्रयोगशाला स्थापनाका लागि श्रीमान् मोहन ढकाल, छोरा–वुहारीहरु मनस्वी र चेतना लगायतको सहभागितामा ‘एकका लागि एक’ अभियानलाई उनले रकम सहयोग गरेको हुन् । वीरता लेडी जेसीजकी आजीवन सदस्य र महिला मुक्ति अभियान झापाकी उपाध्यक्ष समेत रहेकी ढकालले ‘सेवा नै धर्म हो’ भन्ने भावलाई आत्मसात गर्दै जन्मदिनमा रकम सहयोग गरेको बताइन् ।

शीलाका श्रीमान्, मोहन ढकालले जन्मदिनको नाममा गरिने फजुल खर्चले सामाजिक कार्य गर्नु प्रशंसनीय भएको बताउँदै प्रयोगशाला स्थापना गर्न सवैले सहयोग गर्नुपर्ने बताए । अभियानका सह संयोजक बस्नेतले जन्मदिनको अवसर पारेर प्रयोगशाला स्थापनाका गर्न रकम प्रदान गरेकोमा ढकाललाई धन्यवाद दिए ।

सह संयोजक वस्नेतले प्रयोगशालाका लागि हालसम्म एक करोड २५ लाख रुपैयाँ जुटिसकेको बताए । सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाको रुपमा साउन १५ गतेबाट झापाको प्रयोगशाला सञ्चालन हुने गरी धमाधम काम भइरहेको ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले वताए ।