बेच्न लगिएका २१ नेपाली महिला भारतको मणिपुरबाट फिर्ता बेच्न लगिएका २१ नेपाली महिला भारतको मणिपुरबाट फिर्ता
काँकडभिट्टा– प्रलोभनमा पारेर भारतको उत्तरपूर्वी राज्य मणिपुर पुर्याइएका २१ जना नेपाली महिलालाई स्वदेश फर्काइएको छ । रोजगारीको प्रलोभनमा पारेर बेचबिखनका लागि लगिएका उनीहरु माइती... बेच्न लगिएका २१ नेपाली महिला भारतको मणिपुरबाट फिर्ता

काँकडभिट्टा– प्रलोभनमा पारेर भारतको उत्तरपूर्वी राज्य मणिपुर पुर्याइएका २१ जना नेपाली महिलालाई स्वदेश फर्काइएको छ । रोजगारीको प्रलोभनमा पारेर बेचबिखनका लागि लगिएका उनीहरु माइती नेपाल लगायतका संस्थाको अग्रसरतामा पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल ल्याइएको हो ।

दलालहरुले हवाई तथा स्थलमार्गबाट उनीहरुलाई लक डाउनअघि मणिपुर लगेका थिए । मणिपुरबाट अन्यत्र लैजान सम्भव नभएपछि उनीहरुलाई अलपत्र छोडिएको थियो ।

सोमवार राति माइती नेपाल, महिला तथा बालबालिका मन्त्रालय र नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोले भारतीय संघसंस्थाको सहयोगमा उनीहरुलाई फिर्ता ल्याएको हो ।

माइती नेपालका प्रदेश प्रमुख गोविन्द घिमिरेले उद्धार गरी ल्याइएकामध्ये बुधवार विहान ११ जनालाई काठमाडौँ पठाइएकोे बताए । बाँकी रहेकोलाई सतीघट्टास्थित माइती नेपालका स्नेह गृहमा राखिएको छ ।

यसअघि गतवर्ष मणिपुरबाट पहिलो चरणमा १ सय ७९ र दोस्रो चरणमा २३ जना नेपाली महिला र पुरुषलाई उद्धार गरी नेपाल ल्याइएको थियो ।