पीसीआर प्रयोगशालाका लागि सहयोग जुट्दै पीसीआर प्रयोगशालाका लागि सहयोग जुट्दै
बिर्तामोड–पीसीआर परीक्षण प्रयोगशालाका लागि विर्तामोडका पाँचजना सामाजिक तथा धार्मिक व्यक्तित्वले रकम प्रदान गरेका छन् । सोमवार बिर्तामोडका श्याम प्रसाईं (एसपी) ले २५ हजार नौ... पीसीआर प्रयोगशालाका लागि सहयोग जुट्दै

बिर्तामोड–पीसीआर परीक्षण प्रयोगशालाका लागि विर्तामोडका पाँचजना सामाजिक तथा धार्मिक व्यक्तित्वले रकम प्रदान गरेका छन् । सोमवार बिर्तामोडका श्याम प्रसाईं (एसपी) ले २५ हजार नौ सय ९९, भक्ति गौतमले २५ हजार एक सय, कमल वाँस्कोटाले ११ हजार, कमल चुडालले पाँच हजार र निरज चुडालले पाँच हजार रुपैयाँ सहयोग गरेका हुन् ।

‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरी, सह संयोजक विनोद बस्नेत, अभियानको साझेदार संस्थाका सदस्यहरु कुमार भट्टराई, सजेश शिवाकोटी, अर्जुन चुडाल, मिजास पोखरेल लगायतलाई उनीहरुले रकम हस्तान्तरण गरेका थिए ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा शुरु भएकोे एकका लागि एक अभियानमार्फत झापाको सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षणका लागि प्रयोगशाला स्थापनाको तयारी अन्तिम चरणमा छ ।