प्रतिनिधि सभा सदस्य निरौलाद्धरा अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान प्रतिनिधि सभा सदस्य निरौलाद्धरा अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान
अर्जुनधारा । प्रतिनिधि सभा सदस्य तथा अन्र्तराष्ट्रिय सम्वन्ध समितिकी सभापति पवित्रा निरौलाले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेकी छिन् । विश्व महामारीका रुपमा फैलिरहेको... प्रतिनिधि सभा सदस्य निरौलाद्धरा अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

अर्जुनधारा । प्रतिनिधि सभा सदस्य तथा अन्र्तराष्ट्रिय सम्वन्ध समितिकी सभापति पवित्रा निरौलाले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेकी छिन् ।

विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस न्यनिकरण गर्ने उदेश्यले नगरलाई सेनिटाइजर, मास्क, ग्राउड, सर्जिकल क्याप, चश्मा, पञ्जालगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् ।

उनले सेनिटाइजर ५० बोतल, सर्जिकल मास्क एकहजार ५ सय थान, एन ९५ मास्क १५ थान, चश्मा ५ थान, पञ्जा १ सय ५० थान, ग्राउन १० थान, क्याप १० थान नगर प्रमुख हरिकुमार रानालाई प्रदान गरेकी छन् । कोरोना भाइरससँग नगर जुभिरहेको बेला स्वास्थ्य सामाग्री उपलब्ध गराएर हौसला प्रदान गरेकोमा निरौलासहित सम्पूृर्णमा टिमलाई नगरको तर्फबाट रानाले धन्यवाद दिएका थिए ।