सलहबाट  हुने क्षतिका  लागि अर्जुनधारा नगरपालिकाले ल्यायो कृषक उत्साहित कार्यक्रम सलहबाट  हुने क्षतिका  लागि अर्जुनधारा नगरपालिकाले ल्यायो कृषक उत्साहित कार्यक्रम
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले विश्वव्यापी प्रकोपको रुपमा फैलिएको सलह किराबाट कृषि क्षेत्रमा हुने क्षति न्युनिकरणका लागि कृषक उत्साहित कार्यक्रम अघि सारेको छ । नगरले... सलहबाट  हुने क्षतिका  लागि अर्जुनधारा नगरपालिकाले ल्यायो कृषक उत्साहित कार्यक्रम

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले विश्वव्यापी प्रकोपको रुपमा फैलिएको सलह किराबाट कृषि क्षेत्रमा हुने क्षति न्युनिकरणका लागि कृषक उत्साहित कार्यक्रम अघि सारेको छ ।

नगरले किराबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्युनिकरण गर्न नगरको जुनसुकै क्षेत्रबाट सलह किरा पक्रने कृषकलाई प्रतिकेजी एकसय रुपैयाँका दरले खरिद गर्ने भएको नगरले जनाएको हो ।

नगरले खरिद गरेको सलह किरा नगरको कृषि शाखाले प्रतिकेजी ५० रुपैयाँका दरले दाना उद्योगलाई दिने निणर्य गरेको जनाइएको छ । सलह किरा जोखिम न्युनिकरणका लागि नगरले चालु आर्थिक बर्षमा ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।