मेची चेम्बर अफ कमर्स अध्यक्षमा बोहोरा मेची चेम्बर अफ कमर्स अध्यक्षमा बोहोरा
झापाको मेचीनगरमा मेची चेम्बर अफ कमर्स गठन गरिएको छ । एक कार्यक्रमकावीच मेची चेम्बर अफ कमर्स को नयां १३ सदस्यीय समिति गठन गरिएको हो... मेची चेम्बर अफ कमर्स अध्यक्षमा बोहोरा

झापाको मेचीनगरमा मेची चेम्बर अफ कमर्स गठन गरिएको छ । एक कार्यक्रमकावीच मेची चेम्बर अफ कमर्स को नयां १३ सदस्यीय समिति गठन गरिएको हो ।

गठित चेम्बरको अध्यक्षमा व्यवसायी ललितकुमार बोहोर, वरिष्ठ उपाध्यक्षमा पवनकुमार उप्रेती, उपाध्यक्षमा असोक विष्ट, उपाध्यक्षमा कृष्ण भण्डारी, महासचिवमा रुद्र खनाल, सहसचिवमा जीवन सापकोटा सर्वसम्मत चयन गरिएका छन् । त्यस्तै समितिको सदस्यहरुमा

जेसिका उप्रेती, बलभद्र खड्का काजी, धर्मिला भण्डारी (उर्मिला), मोहन श्रेष्ठ, राजेश वंशल, हेमन्त पौडेल र चन्द्र र्घोसाई चयन भएका छन् ।
चेम्बर अफ कमर्स प्रदेश नम्बर १ का अध्यक्ष राजेन्द्र घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चेम्बर अफ कमर्स झापाका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, वरिष्ठ उपाध्यक्ष सुभास भट्टराई, महासचिव प्रदिप खरेल, सचिव विरोध सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमलीको सभापतित्व एवम् उपाध्यक्ष याम विमलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।