शिक्षकहरु आन्दोलित शिक्षकहरु आन्दोलित

शिक्षकहरु आन्दोलित





समाचार १९ असार २०७७, शुक्रबार १७:००

कोरोना महामारीको अवस्थामा आफुहरुलाई मौखिक रुपमा निकालिएको भन्दै शिक्षकहरु आन्दोलित भएका छन् । संस्थागत बिद्यालय शिक्षक युनियन राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरुले शुक्रबार काठमाडौंको माइतिघरमा... शिक्षकहरु आन्दोलित

कोरोना महामारीको अवस्थामा आफुहरुलाई मौखिक रुपमा निकालिएको भन्दै शिक्षकहरु आन्दोलित भएका छन् । संस्थागत बिद्यालय शिक्षक युनियन राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरुले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले विनाकारण कामबाट निकाल्ने क्रम बन्द हुनुपर्ने माग राखेका छन् । त्यस्तै लकडाउनको अवधिको सेवा सुविधाका साथै तलव दिनुपर्ने माग पनि गरेका छन् ।

निजी बिद्यालयका शिक्षकहरु समस्यामा पर्दा पनि सरकार मौन रहेको भन्दै उनीहरुले आपत्ती जनाएका छन् । आफुहरुको जायज माग पुरा गर्न विरोधका कार्यक्रमलाई निरन्तरता दिने समितिले जनाएको छ ।