दुई वडाका स्थानीयबिच झडप दुई वडाका स्थानीयबिच झडप

दुई वडाका स्थानीयबिच झडप





समाचार १९ असार २०७७, शुक्रबार १७:००

बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकामा दुई वडाका स्थानीयबिच झडप भएपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । वडा... दुई वडाका स्थानीयबिच झडप

बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकामा दुई वडाका स्थानीयबिच झडप भएपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । वडा नम्बर २ र ३ अर्थात दुहबी र गोबराहीका स्थानीयबीच झडप हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको हो ।

झडपमा आधा दर्जन व्यक्ति घाइते भएका छन् । एक जनाको कान समेत काटिएको प्रहरीले जनाएको छ । झडपको क्रममा घाइते भएकाहरुको प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । स्थानीयले दुहबी सिमा प्रहरी चौकीमा समेत ढुंगामुढा प्रहार गरेका छन । बर्थिङ सेन्टर बनाउने विषयमा उनीहरुबिच आपसमा दुई दिनदेखि विवाद हुँदै आएको थियो । एक पक्षले विद्यालयको जग्गामा बर्थिङ सेन्टर बनाउदा सबैपक्षसँग सल्लाह नगरेको आरोप लगाउदै आएको थियो ।