पिसिआर ल्याबकालागि मेची पेट्रोलियम डिलर्सको दुई लाख ५१ हजार पिसिआर ल्याबकालागि मेची पेट्रोलियम डिलर्सको दुई लाख ५१ हजार
बिर्तामोड– ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागि बुधवार एकै दिन छ लाख १३ हजार रुपैयाँ सहयोग जुटेको छ... पिसिआर ल्याबकालागि मेची पेट्रोलियम डिलर्सको दुई लाख ५१ हजार

बिर्तामोड– ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागि बुधवार एकै दिन छ लाख १३ हजार रुपैयाँ सहयोग जुटेको छ । विभिन्न संस्था तथा दाताहरुले बिर्तामोडमा आयोजित कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रयोगशालाका लागि मेची पेट्रोलियम डिलर्स एसोसिएसनले दुई लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल पेट्रोलियम राष्ट्रिय डिलर्स एसोसिएसनबाट ५१ हजार, पूर्वाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघबाट २५ हजार प्रदान गरिएको छ ।

 

एसोसिएसनका पूर्व अध्यक्षहरु चन्द्र डाँगी, प्रेम दाहाल, वर्तमान अध्यक्ष नविन कोइराला र कोषाध्यक्ष अमित सरियाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

बिर्तामोड–४ निवासी गोमेन्द्र महाविद्यालय कलेजका संस्थापक शिक्षासेवी गणेशप्रसाद खनाल र बुध खनालले एक लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोड–१ निवासी क्याप्टेन जगनध्वज लिम्बू र कृष्णकुमारी लिम्बूले ५१ हजार सहयोग गरेका छन् ।

पोपर्टी डिलर्स एसोसिएसनका केन्द्रीय सदस्य तथा झापा गोल्डकपका सदस्य बिर्तामोड–५ निवासी चन्द्र कट्टेल र निरा कट्टेलले २१ हजार, बिर्तामोड–३ स्थित मदरसा तालिमल कुरानका अध्यक्ष अफरोज खानले २१ हजार र खेलकुद प्रशिक्षक बिर्तामोड–१ निवासी डिके गुरुङले १० हजार रुपैयाँ प्रदान गरेका छन् ।

 

शिवसताक्षी–८ लालझोडा निवासी तथा हाल दक्षिण कोरियामा कार्यरत राजु राई र भानु राईले दक्षिण कोरियामा अभियान सञ्चालन गरी २१ हजार प्रदान गरेका छन् । पीसीआर परीक्षण प्रयोगशालाका लागि उनीहरुले पाँच लाख संकलन गर्ने प्रतिवद्धता जनाएका छन् । मेची उद्योग वाणिज्य संघ र मेची भन्सार एजेन्ट संघले ५१ हजार, विर्तामोड नपा–४ की मनीदेवी अग्रवालले २१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

कार्यक्रममा ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरी, सह संयोजक विनोद बस्नेत, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, अभियानका प्रतिनिधिहरु मदनगोपाल सुब्बा, ओमकृष्ण बिमली, निर्मल भट्टराई, हरि शर्मा, कुमारमणि पोखरेल, शिवकुमार कँडेल, गजेन्द्र पौडेल, केशव भट्टराई, सञ्जीव घिमिरे लगायतलाई दाताहरुले रकम प्रदान गरेका हुन् ।

अभियानका संयोजक गिरीले झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय अभियानको कर्मयोग भवनमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरिने बताए । सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाको रुपमा साउन १ गतेबाट पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा आउनेछ ।

अन्तर्राष्ट्रिय झापाली समाज, सहकारी अभियान र कनकाई नगरपालिकाको संयुक्त लगानीमा एक करोड २० लाख रुपैयाँभन्दा बढीको लागतमा अत्याधुनिक पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने अभियानका सह संयोजक बस्नेतले बताए ।