रोटरी क्लव अफ बिर्तामोडको प्रेसिडेन्टमा निर्मल रोटरी क्लव अफ बिर्तामोडको प्रेसिडेन्टमा निर्मल
बिर्तामोड– रोटरी क्लव अफ बिर्तामोडको प्रेसिडेन्टमा निर्मल भट्टराई चयन भएका छन् । नेपाल अलैँची व्यवसायी महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष समेत रहेका भट्टराई क्लवको सन् २०२०÷०२१... रोटरी क्लव अफ बिर्तामोडको प्रेसिडेन्टमा निर्मल

बिर्तामोड– रोटरी क्लव अफ बिर्तामोडको प्रेसिडेन्टमा निर्मल भट्टराई चयन भएका छन् । नेपाल अलैँची व्यवसायी महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष समेत रहेका भट्टराई क्लवको सन् २०२०÷०२१ का लागि प्रेसिडेन्टमा चयन भएका हुन् ।

क्लवको पाष्ट प्रेसिडेन्ट निकिता गिरी, प्रेसिडेन्ट इलेक्टमा नवीन गट्टानी, प्रेसिडेन्ट नोमिनीमा ओमकृष्ण विमली, भाइस पे्रसिडेन्टमा बबिता गिरी, सेक्रेटरीमा सञ्जीव घिमिरे र टे«जरमा आमोद आचार्य चयन भएका छन् ।

क्लवको डाइरेक्टर एड्मिनिष्ट्रेसनमा मीनप्रकास मैनाली, डाइरेक्टर मेम्बरसिपमा सुरेश वंशल, डाइरेक्टर सर्भिस प्रोजेक्टमा विनोद वस्नेत, डाइरेक्टर रोटरी फाउण्डेसनमा राजकुमार पोखरेल, डाइरेक्टर पव्लिक रिलेसनमा प्रकाश शिवाकोटी र डाइरेक्टर युथ सर्भिसमा केदार गिरी चयन भएका छन् ।
सर्जेन्ट अफ आम्समा सुरेश कुमार अग्रवाल भद्रपुरे, क्लब मेम्वरमा जीतेन्द्र बस्नेत, क्लब टे«नरमा कुमार गिरी, टिच कोअडिनेटरमा शारदा थपलिया र मिडिया पार्टनरमा सुरेन्द्र भण्डारी चयन भएका छन् ।

क्लवले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ । शुक्रवार रोटरी क्लव अफ बितामोडले अर्जुनधाराको श्री प्राथमिक सामुदायिक विद्यालयमा सेनिटेसन प्रोटेक्ट हस्तान्तरण गर्ने भएको छ ।