पिसिआर ल्यावकालागि प्रदिप मित्तलले १ लाख दिने पिसिआर ल्यावकालागि प्रदिप मित्तलले १ लाख दिने
बिर्तामोड । झापामा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याब स्थापना गर्नको लागि बिर्तामोडका मित्तल दम्पतीले १ लाख १ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गर्ने... पिसिआर ल्यावकालागि प्रदिप मित्तलले १ लाख दिने

बिर्तामोड । झापामा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याब स्थापना गर्नको लागि बिर्तामोडका मित्तल दम्पतीले १ लाख १ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन ।

बिर्तामोड–५ निवासी व्यवसायी, समाजसेवी प्रदिप मित्तल, श्रीमती रेनुकादेवी मित्तलले उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुँन ।

एकका लागि एक अभियानले ल्याब सञ्चालन गर्न आर्थिक संकलन तीव्र बनाएको छ । अभियान अन्तर्गत झापामा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाका लागि सहयोग जुट्नेक्रम जारी छ । अभियानका सहसंयोजक बस्नेतले मित्तल दम्पतीलाई धन्यवाद ज्ञापन गर्दै महामारी नियन्त्रणका लागि छिटोभन्दा छिटो ल्याब स्थापना गर्न सबैमा सहयोगका लागि अपिल गरेका छन् ।

प्रदेश सरकार अन्तरगत झापाको कनकाई कोटिहोम स्थित समर्पण भवनमा यही असार भित्रमा ल्याव स्थापना गर्ने उदेश्यका साथ अभियानका दुई दर्जन भन्दा बढी साझेदारी संस्थाका प्रतिनिधीहरु लागि परिरहेका छन ।