भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ। क्यान्सर पीडित कैलालीको गोलावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको शनिबार बिहान ७... भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ। क्यान्सर पीडित कैलालीको गोलावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको शनिबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ जना पुगेको छ।

सूचना अधिकारी लिलाधर पौडेलले फोक्साकोे क्यान्सरको उपचार भइरहेको अवस्थामा असार ११ गते कोाभिड पुष्टि भएपछि भरतपुर अस्पताल ल्याइएका पुरूषको मृत्यु भएको पुष्टि गरे।

‘क्यान्सर रोगी भएको कारण फोक्सोको समस्या, सास फेर्न असहज हुने, रक्तचाप घट्ने जस्ता लक्षण बिमारीमा देखिएका थिए’, पौडेलले भने।

शव व्यवस्थापनको लागि अहिले आफन्तसँगको परामर्श भइरहेको उनले बताए। ‘आफन्तसँगको परामर्शपछि सेना र प्रहरीबाट शव व्यवस्थापनको तयारी रहेको छ’, उनले भने। यसअघि पनि भरतपुर अस्पतालमा एक जना संक्रमितको मृत्यु भएपछि सेनाले शव व्यवस्थापन गरेको थियो। setopati.com