भारतीय प्रहरीद्वारा मालवाहक ट्रक छिर्न प्रतिबन्ध, २५ वटा गाडी मेची पुलमा अलपत्र भारतीय प्रहरीद्वारा मालवाहक ट्रक छिर्न प्रतिबन्ध, २५ वटा गाडी मेची पुलमा अलपत्र
मेचीनगर– नेपाली कृषिजन्य उत्पादनको निकासीमा भारतीय प्रहरीले अवरोध गरेको छ । नेपाली उत्पादन लोड भएका मालवाहक ट्रकलाई पानीट्याङ्की भन्सारमा छिर्न भारतीय प्रहरीले अवरोध गरेको... भारतीय प्रहरीद्वारा मालवाहक ट्रक छिर्न प्रतिबन्ध, २५ वटा गाडी मेची पुलमा अलपत्र

मेचीनगर– नेपाली कृषिजन्य उत्पादनको निकासीमा भारतीय प्रहरीले अवरोध गरेको छ । नेपाली उत्पादन लोड भएका मालवाहक ट्रकलाई पानीट्याङ्की भन्सारमा छिर्न भारतीय प्रहरीले अवरोध गरेको हो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाबाट भन्सार जाँचपास भएर छुटेका २५ वटा मालवाहक ट्रकलाई भारतीय प्रहरीले बिहीवार पानीट्याङ्की भन्सारमा छिर्न अवरोध गरेको छ । भारतीय प्रहरीको अवरोधपछि ती मालबाहक ट्रक नेपाल भारत सीमाको मेची पुलमा अलपत्र परेका छन् ।

पश्चिम बंगाल सरकारको निर्देशनपछि भारतीय प्रहरीले नेपाली कृषिजन्य बस्तुको निकासीमा निरन्तर अवरोध गर्दै आएको छ । लक डाउनयता झण्डै तीन महिनादेखि मेची भन्सार कार्यालय एकतर्फी रुपमा सञ्चालन भइरहेको भन्सार प्रमुख ध्रुवकुमार विश्वकर्मा बताउँछन् ।

‘लक डाउनपछि पश्चिम बंगाल सरकारले सामान नेपाल पठाउने तर काँकडभिट्टा नाकाबााट गाडी भारत छिर्न नदिने रणनीति अपनाउँदै आएको छ’, भन्सार प्रमुख विश्वकर्माले भने ।

नेपाली सुरक्षा निकायको समन्वयपछि बिहीवार अम्लिसो, चिया र अलैँची लोड भएका ट्रक पानीट्याङ्की भन्सारमा छिर्ने प्रयासमा थिए । तर, पानीट्याङ्की भन्सार नपुगी भारतीय प्रहरीले अलैँचीका १०, चियाका १४ र अम्लिसोको एक गरी २५ वटा गाडीलाई मेची पुलमै रोकेको हो ।

नेपाल अलैँची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले अनेकौँ प्रयत्नका बीच पनि काँकडभिट्टा नाकाबाट कृषिजन्य बस्तुको निकासी खुल्न नसकेको भन्दै सरकार गम्भीर बन्नु पर्ने बताए ।