जुवाको अखडामा प्रहरीको छापा, ठाउँको ठाउँ समातिए सात जुवाडे जुवाको अखडामा प्रहरीको छापा, ठाउँको ठाउँ समातिए सात जुवाडे
बिर्तामोड– प्रहरीले झापा सुरुङ्गाको एउटा जुवा अखडामा शनिवार छापा मारेको छ । सुराकीका आधारमा प्रहरीले कनकाई–३ टप्पुका चेतनकुमार प्रसाईको घरमा छापा मारेर जुवाडेलाई समातेको... जुवाको अखडामा प्रहरीको छापा, ठाउँको ठाउँ समातिए सात जुवाडे

बिर्तामोड– प्रहरीले झापा सुरुङ्गाको एउटा जुवा अखडामा शनिवार छापा मारेको छ । सुराकीका आधारमा प्रहरीले कनकाई–३ टप्पुका चेतनकुमार प्रसाईको घरमा छापा मारेर जुवाडेलाई समातेको हो ।

प्रसाईको घरमा नियमित जुवा खेलिने गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीको टोली घटनास्थल पुगेको थियो । प्रसाईको घरमा कौडा खेलिरहेको बेला पुगेको प्रहरी टोलीले सात जना जुवाडेलाई समातेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजालले बताए ।

पक्राउ पर्नेमा कनकाई–३ का ५३ वर्षीय विष्णुप्रसाद उप्रेती, ४५ वर्षीय लिलु अग्रवाल, ३६ वर्षीय सुरज चुडाल, ४० वर्षीय हरि खरेल, ३१ वर्षीय ओमप्रकाश चापागाईँ, कनकाई–४ का ३८ वर्षीय मानबहादुर श्रेष्ठ र ३५ वर्षीय हरिबहादुर श्रेष्ठ छन् ।

जुवाको खालबाट प्रहरीले ७१ हजार १० रुपैयाँसहित १६ थान कौडा बरामद गरेको छ । उनीहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको डीएसपी रिजालले जानकारी दिए ।