भद्रपुरबाट तस्करीको काठ बरामद भद्रपुरबाट तस्करीको काठ बरामद

भद्रपुरबाट तस्करीको काठ बरामद





समाज ३२ जेष्ठ २०७७, आईतवार १७:००

चन्द्रगढी– प्रहरीले तस्करीको काठ समातेको छ । आइतवार भद्रपुर–३ को ज्ञाने चोकबाट काठ समातिएको हो । मे१त २७०४ नम्वरको ट्रयाक्टरमा लोड गरिएको काठ बरामद... भद्रपुरबाट तस्करीको काठ बरामद

चन्द्रगढी– प्रहरीले तस्करीको काठ समातेको छ । आइतवार भद्रपुर–३ को ज्ञाने चोकबाट काठ समातिएको हो । मे१त २७०४ नम्वरको ट्रयाक्टरमा लोड गरिएको काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले सुराकीका आधारमा सिसौ जातको काठका १८ वटा टुना बरामद भएको बताए । ४७.४४ क्यु फिट काठसहित ट्रयाक्टर चालक भद्रपुर–२ का २२ वर्षीय प्रकाशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद भएको काठ, ट्याक्टर र सवारी चालक विकलाई डिभिजन वन कार्यालयमा पठाइएको प्रवक्ता थापाले जानकारी दिए । घटनाका विषयमा वन कार्यालयले अनुसन्धान अघि बढाइने जनाएको छ ।