४२५ जना कोरोना संक्रमित थपिए, ५७ सय नाघ्यो संक्रमितको संख्या ४२५ जना कोरोना संक्रमित थपिए, ५७ सय नाघ्यो संक्रमितको संख्या
झापा– नेपालमा पछिल्लो २४ घण्टामा ४२५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ३७५ जना पुरुष र ५० जना महिलामा संक्रमण भेटिएको स्वास्थ्य तथा... ४२५ जना कोरोना संक्रमित थपिए, ५७ सय नाघ्यो संक्रमितको संख्या

झापा– नेपालमा पछिल्लो २४ घण्टामा ४२५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ३७५ जना पुरुष र ५० जना महिलामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ७३ जिल्लामा संक्रमितको संख्या ५ हजार ७ सय ६० जना पुगेको बताए । देशभर १ लाख ४३ हजार ६ सय ४० जना क्वारेन्टाइनमा छन् ।

आइतवारसम्म ९७४ जना उपचारपछि घर फर्किएका छन् । तीमध्ये ८७७ जना पुरुष र ९७ जना महिला रहेको डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणबाट नौ दिने सुत्केरीसहित अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।