पिसिआर परीक्षण प्रयोगशालाका लागि एक लाख दिने सहकारी सङ्घको घोषणा पिसिआर परीक्षण प्रयोगशालाका लागि एक लाख दिने सहकारी सङ्घको घोषणा
झापा– झापा जिल्ला सहकारी सङ्घले जनस्तरबाट निर्माण हुन लागेको पिसिआर परीक्षण प्रयोगशालाका लागि एकलाख एक हजार रुपैयाँ दिने घोषणा गरेको छ । आइतवार चारपानेमा... पिसिआर परीक्षण प्रयोगशालाका लागि एक लाख दिने सहकारी सङ्घको घोषणा

झापा– झापा जिल्ला सहकारी सङ्घले जनस्तरबाट निर्माण हुन लागेको पिसिआर परीक्षण प्रयोगशालाका लागि एकलाख एक हजार रुपैयाँ दिने घोषणा गरेको छ । आइतवार चारपानेमा पत्रकार सम्मेलन गरी सङ्घले यस्तो घोषणा गरेको हो ।

सङ्घका अध्यक्ष गणेश ढकालले झापामा पिसिआर प्रयोगशालाको खाँचो औँल्याउँदै सहयोगका लागि जिल्लाका सबै सहकारी संस्थालाई अपिल गरेका छन् । ‘एकका लागि एक’ अभियानले झापामा प्रयोगशाला स्थापना गर्ने घोषणा गरेपछि त्यसमा ऐक्यवद्धता जनाउँदै सहकारी सङ्घले सहयोग गर्ने जनाएको छ । सङ्घले एकसाताभित्र रकम हस्तान्तरण गर्ने जनाएको छ ।

प्रयोगशालाका लागि राष्ट्रिय सहकारी महासङ्घ र राष्ट्रिय सहकारी बैँकले पनि एकलाख एक हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको सङ्घका अध्यक्ष ढकालले जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा अन्तर्राष्ट्रिय झापाली समाज समेतको सहभागितामा झापामा पिसिआर परीक्षण प्रयोगशाला स्थापनाको प्रक्रिया अघि बढेको छ ।