रातारात यसरी सुरु भयो कोरोना बीमा रातारात यसरी सुरु भयो कोरोना बीमा
झापा– कोरोना बीमा फेरि सुरु भएको छ । विहीवार अचानक कोरोना बीमा बन्द गरिएको थियो । तर, रातारात निर्णय गरेर फेरि यसलाई नियमित गरिएको... रातारात यसरी सुरु भयो कोरोना बीमा

झापा– कोरोना बीमा फेरि सुरु भएको छ । विहीवार अचानक कोरोना बीमा बन्द गरिएको थियो । तर, रातारात निर्णय गरेर फेरि यसलाई नियमित गरिएको छ । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि झस्किएका बीमा कम्पनीहरुले कोरोना बीमा बन्द गरेका थिए ।

वीमा गर्नेहरुको आकर्षण हुँदाहुँदै बीमा कम्पनीहरुले कोरोना बीमा पोलिसी नै बन्द गर्न दवाव दिएपछि बीमा समितिले पनि तत्कालै कोरोना बीमा पोलिसी बन्द भएको घोषणा गरेको थियो । तर, फेरि कोरोना बीमा सुरु भएको छ । बीमा गरेका व्यक्तिले कोरोना संक्रमण भए अधिकतम् एकलाख रुपैयाँ पाउँछन् । बीमा कम्पनीको पूँजी भन्दा दायित्वबढी भएपछि स्थगन भएको कोरोना बीमा नयाँ मोडालिटीमा सुरु भएको छ ।

बीमा पुरानै तरिकाले हुने भए पनि यसमा जोखिम वहन गर्ने क्षमता अलिकति परिवर्तन भएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । उनका अनुसार पहिलो १० हजार व्यक्ति अर्थात एक अर्ब रुपैयाँ बराबरको जोखिम बीमा कम्पनीहरुले धान्नेछन् ।

‘एक अर्ब रुपैयाँ भन्दामाथि दायित्व सिर्जना भयो भने थप एक अर्ब रुपैयाँसम्म नेपाल पुनर्बीमा कम्पनीले धान्ने छ’, अध्यक्ष चापागाईले भने, ‘ दुई अर्बबाट क्रस गर्यो भने ५० करोड रुपैयाँ बीमा कम्पनीहरुको महामारी कोषमा रहेको रकमबाट बहन हुन्छ ।’

थप एक अर्ब रुपैयाँ बीमा शुल्क फण्डमा भएको रकमबाट बीमा समितिले बेहोर्ने उनले बताए । अझै बढी दायित्व सिर्जना हुने अवस्था आयो भने सरकारको वार्षिक कार्यक्रम र बजेटमा भएको व्यवस्था अनुसार हुने अध्यक्ष चापागाई बताउँछन् ।