दमकमा करेन्ट लागेर मृत्यु दमकमा करेन्ट लागेर मृत्यु

दमकमा करेन्ट लागेर मृत्यु





समाज २४ जेष्ठ २०७७, शनिबार ०८:००

भद्रपुर– करेन्ट लागेर झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका–४ का २६ वर्षीय चित्रबहादुर ओली रहेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद... दमकमा करेन्ट लागेर मृत्यु

भद्रपुर– करेन्ट लागेर झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका–४ का २६ वर्षीय चित्रबहादुर ओली रहेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। ओली जेसिबीका सहचालक हुन्।

दमक नगरपालिका–२ हुम्से दुम्से सामुदायिक वनभित्र रिसोर्टको काम गर्ने क्रममा बा १ क ८०९६ नम्बर को जेसिबीले बिजुलीको तार छुँदा उनलाई शुक्रबार करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमक लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।