१४ नेताले गरे सुरक्षाकर्मी फिर्ता १४ नेताले गरे सुरक्षाकर्मी फिर्ता
झापा– संकटका बेला राजनीतिक दलका १४ नेताले सुरक्षाकर्मी फिर्ता गरेका छन्। सबै भन्दाबढी पूर्व गृहमन्त्री भीम रावल र जनार्दन शर्माले ८/८ जना सुरक्षाकर्मी फिर्ता... १४ नेताले गरे सुरक्षाकर्मी फिर्ता

झापा– संकटका बेला राजनीतिक दलका १४ नेताले सुरक्षाकर्मी फिर्ता गरेका छन्। सबै भन्दाबढी पूर्व गृहमन्त्री भीम रावल र जनार्दन शर्माले ८/८ जना सुरक्षाकर्मी फिर्ता गरेका छन्। त्यसैगरी प्रकाशमान सिंहले ६ जना, कमल थापा र नारायणकाजी श्रेष्ठले ५/५ जना फिर्ता गरेका छन्।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्काले पनि ४/४ जना सुरक्षाकर्मी फिर्ता गरेका छन्। प्रकाशशरण महत र विमलेन्द्र निधिले ३/३ जना फिर्ता गरेका छन्। पूर्व सभामुख कृष्णबहादुर महरा, रामशरण महत, गोपालमान श्रेष्ठले २/२ जना फिर्ता गरेका छन्। गोविन्दराज जोशीले १ जना सुरक्षाकर्मी फिर्ता गरेका छन्।

सरकारको निर्णयअनुसार अझै सय भन्दाबढी सुरक्षाकर्मी विशिष्ट व्यक्तिको सुरक्षाबाट फिर्ता हुनुपर्नेछ । आफैँले पैसा तिरेर, तलब दिएर अथवा भात मात्रै खुवाउन पर्छ भन्यो भने कसैले पनि सुरक्षाकर्मी नराख्ने सशस्त्र प्रहरीका उच्च अधिकारी बताउँछन् ।