झापामा थप १२ जनामा कोरोना भाइरस झापामा थप १२ जनामा कोरोना भाइरस
झापा– झापामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरादह, गौरीगञ्ज र कचनकवलमा १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले... झापामा थप १२ जनामा कोरोना भाइरस

झापा– झापामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरादह, गौरीगञ्ज र कचनकवलमा १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

धरान र विराटनगरमा गरिएको प्रयोगशाला परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । गौरादह र गौरीगञ्जमा दुई जना र कचनकवल गाउँपालिकामा १० जना संक्रमित फेला परेका हुन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा गौरादहका २० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गौरीगञ्जका ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।

कोसी अस्पतालमा गरिएको परीक्षणमा कचनकवलका १० जनामा कोरोना संक्रमण भेटिएको हो । उनीहरु १० देखि २८ वर्ष उमेर समूहका पुरुष हुन् । प्रदेश १ मा कचनकवल गाउँपालिकामा संक्रमित धेरै छन् । अहिलेसम्म त्यहाँ ११३ जनामा संक्रमण पुष्टि भएको छ ।