कोरोना संक्रमण : पछिल्लो एक महिनामा सुत्केरी र दुई वर्षीया बालिकासहित आठ जनाको मृत्यु कोरोना संक्रमण : पछिल्लो एक महिनामा सुत्केरी र दुई वर्षीया बालिकासहित आठ जनाको मृत्यु
झापा– नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा मृतकको संख्या पनि थपिँदै गएको छ । संक्रमण फैलिन नदिन सरकारले लक डाउन गरिरहेको भए पनि भारतबाट... कोरोना संक्रमण : पछिल्लो एक महिनामा सुत्केरी र दुई वर्षीया बालिकासहित आठ जनाको मृत्यु

झापा– नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा मृतकको संख्या पनि थपिँदै गएको छ । संक्रमण फैलिन नदिन सरकारले लक डाउन गरिरहेको भए पनि भारतबाट नेपाल प्रवेश गरेकाहरुमा कोरोना देखिएको हो । अधिकांश संक्रमित भारतबाट आएका नेपाली छन् ।

कोरोना संक्रमणबाट आइतवारसम्म आठ जनाको मृत्यु भएको छ । नौ दिने सुत्केरी र दुई वर्षीया बालिकासहित आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार दैलेखस्थित दुल्लुमा मृत्यु भएका ३५ वर्षीय पुरुषको मृत्युको कारण कोरोना संक्रमण पुष्टि भएसँगै मृतकको संख्या आठ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । बाजुराकी दुई वर्षिया बालिकाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।