कनकाईमा स्वाब परीक्षण तीब्र कनकाईमा स्वाब परीक्षण तीब्र

कनकाईमा स्वाब परीक्षण तीब्र





स्थानीय तह १८ जेष्ठ २०७७, आईतवार १५:००

जीवन उप्रेती कनकाई– झापाको कनकाई नगरपालिकाको क्वारेन्टिनमा रहेका नागरिकको निरन्तर स्वास्थ्य परीक्षण भइरहेको छ। भारतबाट नगरपालिका प्रवेश गर्नेको संख्या थपिदै गएपछि निरन्तर रुपमा परीक्षण... कनकाईमा स्वाब परीक्षण तीब्र

जीवन उप्रेती
कनकाई– झापाको कनकाई नगरपालिकाको क्वारेन्टिनमा रहेका नागरिकको निरन्तर स्वास्थ्य परीक्षण भइरहेको छ। भारतबाट नगरपालिका प्रवेश गर्नेको संख्या थपिदै गएपछि निरन्तर रुपमा परीक्षण गर्न थालिएको हो ।

पछिल्लोपटक नगरपालिकाको क्वारेन्टिनमा रहेका पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका ५७ जनाको परीक्षण भएको छ । शुक्रबार गरिएको उक्त परीक्षणको रिपोर्ट आउन बाँकी छ । यसअघि १२० जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

हाल भारतबाट आएका १६६ जना नगरपालिका क्षेत्रभित्रका विभिन्न क्वारेन्टिनमा छन् । कनकाई भवनमा ५७, दुर्गापुरको भृकुटी माविमा २६, चम्फापुरमा २२, घैलाडुब्बाको आददर्श माविको भवनमा ४२ , कनकाई उद्योग वाणिज्य संघको भवनमा ९ र दलित समुदायको भवनमा १० जना रहेका छन् । यी मध्ये ५७ जनाको परीक्षण भएको हो । बाँकी रहेका अन्य नागरिकको पनि परीक्षण गर्ने तयारी भइरहेको नगर प्रमुख पोखरेलले बताए ।