क्वारेन्टाइन व्यवस्थामा जुटेका वडाध्यक्षको मृत्यु क्वारेन्टाइन व्यवस्थामा जुटेका वडाध्यक्षको मृत्यु
क्वारेन्टाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको... क्वारेन्टाइन व्यवस्थामा जुटेका वडाध्यक्षको मृत्यु

क्वारेन्टाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको मंगलबार राति मृत्यु भएको हो । राना साँझपख घरमा पुगी नुहाइ खाना खाएर क्वारेन्टाइन पुगेका थिए ।

नयाँ क्वारेन्टाइन स्थापना गरिएको थियो नगरप्रमुख कर्णबहादुर हमालले भने, ‘राति व्यवस्थापनबारे जानकारी लिनका लागि क्वारेन्टाइनमा पुगेका उनको मृत्यु भएको छ ।’ वडाध्यक्ष रानामा कुनै पनि रोगको लक्षण यसअघि नदेखिएकाले हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने हमालले बताए ।

मृत्यु भएका रानाको शव परीक्षणका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्‍याइएको छ । अस्पतालमा मृतक रानाको शव परीक्षणपश्चात स्वाबको नमूना सङ्कलन गरी कोरोना परीक्षण गरिने छ ।     nayapatrikadaily.com