नेपालमा कोरोना निको हुने दर उच्च नेपालमा कोरोना निको हुने दर उच्च
झापा–नेपालमा कोरोनाको संक्रमण बढ्दै गएको छ । सोमबार एकै दिन नेपालमा ७९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ६८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले... नेपालमा कोरोना निको हुने दर उच्च

झापा–नेपालमा कोरोनाको संक्रमण बढ्दै गएको छ । सोमबार एकै दिन नेपालमा ७९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ६८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमित मध्ये १५५ जना निको भएर घर फर्किसकेका छन्। नेपालमा कोरा्ना निको हुनेको प्रतिशत सार्क राष्ट्रमध्यकै सबैभन्दा बढी हो ।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार गर्दागर्दै ज्यान गुमाएका बाराको करैयामाइ गाउँपालिका ७ का पुरुषमा पनि कोरोना पुष्टि भएसँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। नेपालमा हालसम्म रयापिड र पिसीआर विधिबाट १ लाख ४६ हजार ८३४ जनामा कोरोना टेष्ट गरिएको छ।