बाह्रदशीका कोराना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु बाह्रदशीका कोराना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु
जीवन उप्रेती– झापाको बाह्रदशीका कोराना संक्रमित पुरुषको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ ।दिल्लीबाट आएका ती पुरुषमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका... बाह्रदशीका कोराना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु

जीवन उप्रेती–

झापाको बाह्रदशीका कोराना संक्रमित पुरुषको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ ।दिल्लीबाट आएका ती पुरुषमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको खोजी शुरु गरिएको हो ।

दिल्लीबाट ७ गते बाह्रदशी पुगेका पुरुषलाई गाउँपालिकाले राजगढमा निर्माण गरेको अस्थायी अस्पतालको क्वारेन्टिनमा राखिएको थियो ।आरडिटी विधिबाट परीक्षणबाट रिपोर्ट पोजेटिभ आएपछि स्वाब परीक्षणको लागि पठाइएको थियो ।

पहिलोपटक पिसिआर बिधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि उनलाई घर पठाइएको थियो । १० गते फेरि अस्पतालले पुनःपरीक्षण गर्नुपर्ने खबर पठाएपछि आइतवार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको हो ।

संक्रमित ती पुरुषको विराटनगरमा उपचार भइरहेको छ । भर्खरै भारतबाट गाउँपालिका प्रवेश गरेका चार जनालाई पशुपति माविको क्वारेन्टिनमा राखिएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए ।

‘यी चारसहित संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको समेत स्वाब परीक्षणका लागि पठाउने तयारी भइरहेको छ’, अध्यक्ष राजवंशीले भने । योसँगै बाह्रदशी गाउँपालिकामा संक्रमितको संख्या २ पुगेको छ । एक जना निको भएर घर फर्किसकेका छन् ।

संक्रमितको रिपोर्ट पोजेटिभ आउनासाथ गाउँपालिकामा लक डाउनलाई थप कडा बनाइएको इलाका प्रहरी कार्यालय राजगढका इन्चार्ज ढिकबहादुर राउतले बताए ।