कोरोना संक्रमणबाट सुत्केरीसहित दुई जनाको मृत्यु कोरोना संक्रमणबाट सुत्केरीसहित दुई जनाको मृत्यु
झापा– नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको हो । आइतवार आयोजित पत्रकार... कोरोना संक्रमणबाट सुत्केरीसहित दुई जनाको मृत्यु

झापा– नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको हो । आइतवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरेका छन् ।

उनका अनुसार ती युवक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए ।  ती युवालाई शनिबार राती ज्वरो आउने र झाडापखलाको समस्या देखिएको थियो।  उनको आइतबार बिहान ६ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो।

स्वासप्रश्वासमा समस्या आएपछि आइतबार विहान उनको मृत्यु भएको प्रदेश ५ का  सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको  हो । ‘उहाँको रिपोर्ट पोजेटिभ आयो, योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ,’ मन्त्री बरालले भने।

आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए। भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो।

यसअघि विहीवार राति सिन्धुपाल्चोककी २९ वर्षीया नौ दिने सुत्केरी महिलाको मृत्यु भएको थियो । उनको शनिवार साँझ काठमाडौँमा दाहसंस्कार गरिएको छ ।