विदेशमा अलपत्र नेपालीलाई फर्काउने तयारी विदेशमा अलपत्र नेपालीलाई फर्काउने तयारी
काठमाडौँ– सरकारले विदेशमा अलपत्र नेपालीलाई फर्काउन तयारी थालेको छ । आगामी सातादेखि प्राथमिकताका आधारमा नेपालीलाई स्वदेश फर्काउने सरकारको तयारी छ । परराष्ट्र मन्त्रालयले तत्काल दुई... विदेशमा अलपत्र नेपालीलाई फर्काउने तयारी

काठमाडौँ– सरकारले विदेशमा अलपत्र नेपालीलाई फर्काउन तयारी थालेको छ । आगामी सातादेखि प्राथमिकताका आधारमा नेपालीलाई स्वदेश फर्काउने सरकारको तयारी छ । परराष्ट्र मन्त्रालयले तत्काल दुई लाख २५ हजार नेपाली फर्काउनु पर्ने अवस्थामा रहेको जनाउँदै आएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्राथमिकताका आधारमा अलपत्र अवस्थाका नेपालीलाई क्रमशः नेपाल फर्काइने बताए । जहाजमार्फत फर्किएका नेपालीलाई क्वारेन्टाइनमा राखेर मात्रै घर पठाइने छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिको निर्णयपछि स्वदेश फिर्तीको प्रक्रिया सुरु हुन्छ ।

विदेशमा अलपत्र नेपालीले घर फर्किन पाउनुपर्ने माग गर्दै आएका छन् । दूतावासमा नियमित धर्ना दिने कार्य पनि रोकिएको छैन । सर्वाेच्च अदालत पनि अलपत्र नेपालीको उद्दार गर्न सरकारलाई निर्देशन दिइसकेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गए ठूलो संख्यामा नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ ।