‘पर्साका चार पत्रकारलाई पनि कोरोना’ ‘पर्साका चार पत्रकारलाई पनि कोरोना’
काठमाडौँ– पर्सामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३९ जनामध्ये ४ जना पत्रकार पनि रहेको खुलेकाे छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार... ‘पर्साका चार पत्रकारलाई पनि कोरोना’

काठमाडौँ– पर्सामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३९ जनामध्ये ४ जना पत्रकार पनि रहेको खुलेकाे छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कम्तिमा चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

उनले भने, ‘चार जना पत्रकारलाई कोरोना संक्रमण देखिएको पक्का हो। अन्यमा पनि देखिएको हुनसक्ने अनुमान छ।’ यता नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले भने संक्रमितमध्ये २ जना पत्रकार भएको खुलेको र अरुको नाम ठेगाना खोजी गर्ने काम भइरहेको जानकारी दिए ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरूले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।