रेलले ठक्कर दिँदा १६ जना मजदूरको मृत्यु रेलले ठक्कर दिँदा १६ जना मजदूरको मृत्यु
  एजेन्सी– भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले ठक्कर दिँदा १६ जना मजदूरको ज्यान गएको छ । उनीहरु सबै रेलको पटरी नजिकै सुतिरहेका अवस्थामा रेलले... रेलले ठक्कर दिँदा १६ जना मजदूरको मृत्यु

 

एजेन्सी– भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले ठक्कर दिँदा १६ जना मजदूरको ज्यान गएको छ । उनीहरु सबै रेलको पटरी नजिकै सुतिरहेका अवस्थामा रेलले ठक्कर दिएको अनुमान गरिएको बीबीसीले जनाएको छ ।

उनीहरु भुसावलतर्फ गइरहेका र रेलको प्रतिक्षा गरिरहेका मजदूर थिए । लकडाउनपछि उनीहरु घर फर्किने तयारीमा रहेको खबरमा उल्लेख गरिएको छ । घटनाको अनुसन्धान भइहेको भारत सरकारले जनाएको छ ।