अनलाइनमार्फत पढाउने त्रिविको तयारी अनलाइनमार्फत पढाउने त्रिविको तयारी
  कोरोना भाइरसको संक्रमणको त्रासका कारण त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत पढाउने भएको छ । नियमितरुपमा कक्षामा उपस्थित भएर पढाइ सञ्चालन गर्न नसकिने भएपछि त्रिविले अनलाइन... अनलाइनमार्फत पढाउने त्रिविको तयारी

 

कोरोना भाइरसको संक्रमणको त्रासका कारण त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत पढाउने भएको छ । नियमितरुपमा कक्षामा उपस्थित भएर पढाइ सञ्चालन गर्न नसकिने भएपछि त्रिविले अनलाइन पढाई सुरु गर्ने तयारी गरेको हो ।

त्रिविले अनलाइनमार्फत शैक्षिक गतिविधि सञ्चालन गर्न निर्देशिका समेत जारी गरेको छ । अनलाइन माध्यमबाट कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालन तथा निर्देशिकाविपरीत जाने शिक्षक कर्मचारीलाई निर्देशिकामा कारवाहीको समेत व्यवस्था छ ।

अनलाइन कक्षा चलाउने हरेक विभाग, स्कुल तथा क्याम्पसले दु्त गतिमा चल्ने इन्टरनेट, फोन, ल्यापटपको व्यवस्था गर्नुपर्नेछ । यस्तो सुविधाको पहुँच भएका शिक्षक तथा विद्यार्थीको अवस्थाका विषयमा एक साताभित्रमा तथ्याङ्क संकलन गर्ने जनाइएको छ । आवश्यक तयारीपछि सम्बन्धित विभाग, स्कुल तथा क्याम्पसको निर्देशन र नियन्त्रणमा रहने गरी पढाइ सञ्चालन हुने त्रिविले जनाएको छ ।