कोरोना भाइरसले बिदेशमा ४८ जना नेपालीको मृत्यु (कहाँ कति हेर्नुस्) कोरोना भाइरसले बिदेशमा ४८ जना नेपालीको मृत्यु (कहाँ कति हेर्नुस्)
विश्वव्यापी महामारी कोराना भाइरस संक्रमणका कारण विदेशमा हालसम्म ४८ जना नेपालीहरूको ज्यान गइसकेको छ । कोरोना भाइरसको संक्रमणबाट दुई हजार २३८ जना नेपाली संक्रमित... कोरोना भाइरसले बिदेशमा ४८ जना नेपालीको मृत्यु (कहाँ कति हेर्नुस्)

विश्वव्यापी महामारी कोराना भाइरस संक्रमणका कारण विदेशमा हालसम्म ४८ जना नेपालीहरूको ज्यान गइसकेको छ । कोरोना भाइरसको संक्रमणबाट दुई हजार २३८ जना नेपाली संक्रमित भएका छन् । यो तथ्याङ्क २२ देशको शनिबारसम्मको हो । सबैभन्दा धेरै अमेरिका र बेलायतमा बस्ने नेपाली संक्रमित भएका छन् । बेलायतमा मात्रै ३३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसमध्ये २३ जना भुपू गोर्खा सैनिकहरु रहेका छन् ।

अमेरिकामा १०, युएईमा दुई तथा आयरल्याण्ड, जापान र टर्कीमा एक–एक जनाको मृत्यु भएको छ । अमेरिका र बेलायतमा रहेका एक–एक हजार नेपालीमा संक्रमण देखिएको छ । युएईमा ७१, बहराइनमा ४९, पोर्चुगल र आयरल्याण्डमा २२–२२, कुवेतमा २१, अस्ट्रेलियामा ११, स्पेनमा १०, स्विजरल्याण्डमा ५, साउदी अरब, जर्मनी र बेल्जियममा ४–४ जना कोरोना भाइरसका संक्रमित रहेका छन् ।

मलेसिया र क्यानाडामा ३–३, माल्टा, जापान र हङकङमा २–२, टर्की, म्यानमार र फ्रान्समा १–१ जनामा संक्रमण देखिएको एनआरएनएले जनाएको छ । एनआरएनएले शुरु गरेको हेल्पलाइनमा फोन गर्नेमध्येका ७७ प्रतिशतले मातृभूमि फर्किन चाहेको र त्यसका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन् । रोजगारी र अध्ययनका लागि विदेशमा ५० लाखभन्दा बढी नेपाली रहेको अनुमान छ ।