मनकारीको सहयोग : विपन्नलाई एक महिना पुग्ने खाद्यान्न मनकारीको सहयोग : विपन्नलाई एक महिना पुग्ने खाद्यान्न
भद्रपुर– कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लक डाउन (निषेधाज्ञा) गरेपछि दैनिक ज्यालादारी गरेर छाक टार्नेहरु समस्यामा परेका छन् । सरकारले घर बाहिर ननिस्किन... मनकारीको सहयोग : विपन्नलाई एक महिना पुग्ने खाद्यान्न

भद्रपुर– कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लक डाउन (निषेधाज्ञा) गरेपछि दैनिक ज्यालादारी गरेर छाक टार्नेहरु समस्यामा परेका छन् । सरकारले घर बाहिर ननिस्किन भनेपछि उद्योगधन्दा कलकारखाना लगायत सबै क्षेत्रको काम ठप्प भएको छ । यस्तो अवस्थामा कामविहीन भएर बसेका धेरै ज्याला मजदूरी गर्ने परिवार सङ्कटमा छन् । उनीहरुलाई हातमुख जोर्न समस्या छ ।

दैनिक ज्याला मजदूरी गरेर पेट पाल्दै आएकाहरुको समस्यालाई बुझेर झापा भद्रपुरका सामाजिक अगुवा एवम् बागमती सरसफाई अभियन्ता मदन पोखरेलले वडा नम्वर–६ का १० विपन्न परिवारलाई एकमहिना पुग्ने खाद्य सामग्री र प्रतिपरिवार पाँच सय रुपैयाँ बितरण गरेका छन् ।

वडा कार्यालयको सिफारिसमा पोखरेलले ३० किलो चामल, पाँच किलो आलु, एक–एक किलो तेल, दाल, नुन, टमाटर र एउटा साबुनका साथै ५०० का दरले नगद बितरण गरेका हुन् । यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अति विपन्न १० परिवारलाई खाद्यान्न सहायताको घोषणा गरेका थिए । ‘सरकारले लक डाउन गरेका बेला विपन्न परिवार सङ्कटमा पर्छन्’, पोखरेलले भने, ‘उनीहरुको चुलो नबल्ने अवस्था आएपछि वडाको सिफारिसमा खाद्यान्न सहायता गरेको हुँ ।’

शुक्रवार युवा अभियन्ता पोखरेलले घरैबाट पवन सदा, अशोक कामती, सेवानन्द माझी, ईश्वर माझी, हरेण माझी, मंगलसिंह राजवंशी, शुभद्रा कार्की, प्रिया हेमरम, बुद्धकुमार श्रेष्ठ र पूर्णलाल राजवंशीको परिवारलाई खाद्यान्न र नगद बाँडेका छन् । खाद्यान्न बितरणमा नम्बर बडा सदस्य प्रकाश शर्मा, उद्योग बाणिज्य संघ झापाका उपाध्यक्ष सन्तोष धमला, पत्रकार पार्थ मन्डल, युवा संघका प्रकाश कार्की, अभिषेक प्रधान लगायतको उपस्थिति रहेको थियो ।