कोरोना सङ्क्रमितको उपचारका लागि बीएण्डसी हस्पिटल सरकारलाई दिने घोषणा कोरोना सङ्क्रमितको उपचारका लागि बीएण्डसी हस्पिटल सरकारलाई दिने घोषणा
बिर्तामोड– झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलले कोरोना सङ्क्रमितको प्रभावकारी उपचारका लागि आफ्नो पूर्वाधारयुक्त हस्पिटल सरकारलाई उपलब्ध गराउने घोषणा गरेको छ । अस्पताल प्रशासनले शुक्रवार पत्रकार सम्मेलन... कोरोना सङ्क्रमितको उपचारका लागि बीएण्डसी हस्पिटल सरकारलाई दिने घोषणा

बिर्तामोड– झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलले कोरोना सङ्क्रमितको प्रभावकारी उपचारका लागि आफ्नो पूर्वाधारयुक्त हस्पिटल सरकारलाई उपलब्ध गराउने घोषणा गरेको छ । अस्पताल प्रशासनले शुक्रवार पत्रकार सम्मेलन गरी कोरोना सङ्क्रमितको उपचारका लागि सरकारले आफ्नो अनुकूलता अनुसार अस्पताल सञ्चालन गर्न सक्ने जनाएको हो । सरकारी अस्पतालले मात्रै सङ्क्रमितको उपचार र परीक्षण सम्भव नहुने बीएण्डसीको निष्कर्ष छ ।

‘उपलब्ध उपकरण र जनशक्ति परिचालन गरी कोरोना सङ्क्रमितको उपचार गर्न बीएण्डसी तयार छ’, अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले भने, ‘यसका लागि हाम्रो सिङ्गै जनशक्ति परिचालन हुन्छ ।’ जनशक्ति, व्यवस्थापन पूर्वाधारका हिसावले बीएण्डसी पूर्वमा उत्कृष्ट मानिन्छ । विश्वस्तरीय उपकरणको उपलब्धता भए पनि कोरोना परीक्षण गर्ने किट्स बीएण्डसीमा उपलब्ध छैन । यो किट्स सरकारले मात्रै उपलब्ध गराउँछ ।

कार्यकारी निर्देशक प्रसाईले सरकारले मात्र उपलब्ध गराउने सक्ने किट्स र पीपीई सेट उपलब्ध नभएका कारण उपचारमा कठिनाई भएको बताए । उनले सरकारी अस्पतालले मात्रै कोरोनाको जाँच र उपचार नथेग्ने भन्दै टिचिङ कलेज प्रयोजनका लागि बनाइएको साइन्स ब्लक पनि क्वारेन्टाइनका लागि उपलब्ध गराउन तयार रहेको बताए । अहिले कोरोनाको उपचारका लागि भन्दै सरकारले मेची अस्पताललाई देखाउँदै आएको छ, जवकि त्यहाँ भेन्टिलेटर समेत छैन ।

कार्यकारी निर्देशक प्रसाईले सरकारका तर्फबाट कोरोना जाँचका आवश्यक उपकरण र जाँचमा खटिने तिकित्सकका सुरक्षा सामग्री उपलब्ध भए बीएण्डसीका चिकित्सक तथा नर्सिङ कर्मचारी उपचारका लागि २४ सै घण्टा तैनाथ रहने जानकारी दिए । उनले यस विषयमा स्वास्थ्य मन्त्रीसँग कुरा भएको सुनाए । आठ सय बेड, एक सय आइसियू कक्ष र २५ वटा भेन्टिलेटरसहितको आइसियू रहेको बीएण्डसी हस्पिटलमा १०५ जना चिकित्सक कार्यरत छन् । यसबाहेक नर्सिङ स्टाफ र कर्मचारीको सङ्ख्या पाँच सय भन्दाबढी छ ।

93
SHARES