विदेशबाट फर्किनु भएको हो ? तपाईको घरमा लाग्छ रातो ट्याग ! विदेशबाट फर्किनु भएको हो ? तपाईको घरमा लाग्छ रातो ट्याग !
मेचीनगर– बिदेशबाट आएका नेपाली नागरिकका घर–घरमा पहिचान चिन्ह राख्ने निर्णय मेचीनगर नगरपालिकाले गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नगरपालिकाले बिदेशबाट फर्किएका नागरिकको... विदेशबाट फर्किनु भएको हो ? तपाईको घरमा लाग्छ रातो ट्याग !

मेचीनगर– बिदेशबाट आएका नेपाली नागरिकका घर–घरमा पहिचान चिन्ह राख्ने निर्णय मेचीनगर नगरपालिकाले गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नगरपालिकाले बिदेशबाट फर्किएका नागरिकको घर पहिचान गर्ने उपाय अपनाएको हो ।

चैत १ गतेपछि भारतसहित विभिन्न देशबाट फर्किएका नगरवासीका घरमा पहिचानका लागि रातो रङग लगाउने निर्णय भएको नगरपालिकाले जनाएको हो । त्यसका लागि टोलविकास संस्थाहरुलाई परिचालन गरिएको मेचीनगर नगरपालिकाका प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले बताए ।

‘वडा कार्यालयमार्फत टोलविकास संस्थाहरु परिचालित हुँदैछन्’, उनले भने, ‘विदेशबाट आएकाहरुका घरमा इनामेलले सङ्केत चिन्ह लगाउने तयारी छ ।’ नगरपालिकाको तर्फबाट सबै टोल बिकास संस्थालाई रातो रंगको इनामेल पठाइसकिएको उनले जानकारी दिए ।

‘सङ्केत चिन्ह लगाएपछि होम क्वारेन्टाइनको अनुगमन र स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी परिचालन गर्न समेत सजिलो हुन्छ’, उनले भने । भारत तथा अन्य मुलुकबाट घर आएर जानकारी नगराई बस्नेको संख्या दैनिकरुपमा बढ्न थालेपछि कोरोनाको जोखिमबाट बच्न नगरपालिकाले यस्तो निर्णय गरिएको जनाएको छ ।