कांग्रेसले  पार्टीको झण्डा आधा झुकाउने कांग्रेसले  पार्टीको झण्डा आधा झुकाउने
काठमाडौं : नेपाली कांग्रेसले तीनदिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शु्क्रबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्णकुमार शेर्मा... कांग्रेसले  पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं : नेपाली कांग्रेसले तीनदिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शु्क्रबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्णकुमार शेर्मा (लिम्वू)को निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पूर्णकुमार शेर्मा (लिम्वू) को फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।  शेर्मा वि.सं. २००० असोज १२ गते जन्मिएका हुन् ।

‘ उहाँले पार्टीको विभिन्न तहको विभिन्न पदमा रही सक्रिय भूमिका निर्वाह गर्नुका साथै नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरु तथा समुदायको उत्थान, सामाजिक सेवा र ग्रामिण विकासमा पुर्‍याउनु भएको योगदान पार्टी र देशको इतिहासमा सदा स्मरणीय रहिरहनेछ ।’, मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,  नेता शेर्माको राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति नेपाली कांग्रेस उच्च सम्मान प्रकट गर्दछ ।’

आकस्मिक बैठक स्वर्गीय शेर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । बैठकले चैत्र २ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र शेर्माको निधन भएको १३ औं दिन केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। annapurnapost.com